आज आषाढशुक्लप्रतिपदा पञ्चाङ्गसहित २०७८ आषाढ २७ गते

आज आषाढशुक्लप्रतिपदा पञ्चाङ्गसहित २०७८ आषाढ २७ गते

-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य-

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल आषाढ महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका ११ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् ।

कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको प्रतिपदा तिथि बिहान ६।५० बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । पुष्य नक्षत्र राति २।१३ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।१ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहनेछन् ।

आजबाट आषाढ शुक्लपक्षको आरम्भ भएको छ । शुक्लपक्षमा चन्द्रमाको कला क्रमशः बढ्ने गर्दछ ।