

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् नेपाली समाजमा दहिचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । आज १८ औँ राष्ट्रिय धान दिवस पनि हो । नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
कामको चटारोले किसान थकित हुने हुदाँ आजको दिन दहिचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । आजका दिन असारे भाका गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन भए पनि कोरोना भाइरसको महामारीका कारण दुरी कायम गरी सावधानी अपनाउनुपर्ने अवस्था छ ।