बाँकी छाड्नु हुन्न

बाँकी छाड्नु हुन्न

-सुनिल बसौला-

यी जिउदा लासहरु
कहाँ जाँदै छन लस्करै
ओरालो लागेर ?
सायद मसानघाट सम्म हुनुपर्छ
जाउ जाउ
लाज नमानी ।
कसैले देख्दैनन तिमिलाई
जाउ जाउ
लोभ नगरी
कसैले तिम्रो घमण्डको अंश दाबी गर्दैनन
तिमिलाइ लम्पसार पार्न
खलिया लगाइएको छ बिश्वासको दाउराको,
धुवाँको प्रतीक्षामा छ आकाश
त्यो तिम्रै हो
खरानि बगाउन आतुर छ
अस्तु बगाउन आतुर छ
नदिको बहाव
जाउ जाउ दगुरेर जाउ
बाँकी छाड्नु हुन्न
यो वायुमण्डल
बाँकी छाड्नु हुन्न
यो धरातल ।

लमजुङ