फेरि प्रकोप बढ्यो मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको [भिडियाे]

फेरि प्रकोप बढ्यो मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको [भिडियाे]

काठमाडौं, ८ असार । यो वर्ष पनि देशका विभिन्न जिल्लाहरुमा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् ।

केही समय अघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको छ । नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ । फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको बताइएको छ ।

भिडियाे