नसुतिएका रातहरु

नसुतिएका रातहरु

-माेहनराज खनाल ‘बर्मेलीराज’-

चन्द्रमा सीतल भएपनि पाेल्दाे रहेछ
ताराहरु लुप्ल समय
‌पूर्णीमा रातमा पनि औंशीझैं कालाेरात
म सुतेछु या ब्यूँझेछु
साेध्नुपर्ने समय
नसुतिएका रातहरु

अनेक र हरेक प्रश्नउठ्छ मनमा
उत्तर मनबुद्धिले नभेटेपछि
जुनपनि आगाेझै पाेल्ने
ताराहरु ढुङ्गाझैं बन्ने
कालाे स्मसाने रातबीच
भावन्न भक्कानाे छुट्ने समय
नसुतिएका रातहरु।

जीवन नाशवानहाे
रपनि म पागल बनिराछु
एक्लाे पथिक यात्रामा
म बिरामीभाछु
सम्झदा सम्झदैंका पलहरु गिन्ति गर्छु
अथाह असक विषयले पन्छाउछ
नसुतिएका रातहरु।

हृदयभित्रकाे ताला खाेल्न सकिन
ग्रन्थीले ग्रस्त पारिसके मनकापछि
अबुझ मूर्ख वासनापछि
अनभिज्ञ मनका लहरहरु
कुनै दिशा नदेखिने समय
नसुतिएका रातहरु

जतापल्टाे उतै लठ्ठ
प्रश्नैपछिका झुण्डझुण्ड
कहिलै नसकिने मनका बाेझहरु
‌उषाकालकाे प्रतिक्षामा
उज्वल शान्ति र स्वच्छकाे खाेजमा
सीतल मनकाे निवास सम्म
नसुतिएका रातहरु।