

काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । नागरिकले खाद्य सामग्री मगाए मोवाइल भ्यानमार्फत नै घरमा दाल चालम लगाएतका खाद्य सामाग्री घर–घरमा पुराउने व्यवस्था भएको पराजुलीले बताउनुभयो । त्यस्तै उहाले कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाई गरिने स्पष्ट पार्नुभयो ।
पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उलंघन गरिए कडा कारवाही गरिने चेतावनी पनि दिनुभयो । उपत्यकामा कोरोना संक्रमण थप फैलन नलिन नाकामा पनि थप कडाई गरिएको उहाँले बताउनुभयो । खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३
