राप्रपा अध्यक्ष थापासहित चार मन्त्रीले लिए सपथ

राप्रपा अध्यक्ष थापासहित चार मन्त्रीले लिए सपथ

अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य तीन जना सदस्यलाई मन्त्री पदको सपथ दिलाएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपा अध्यक्ष थापासिहत चार जनालाई मन्त्री तथा अन्य चार जनालाई राज्यमन्त्री नियुक्तिको सिफारिस पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए।

तर विपक्षी दलको प्रभावका कारण भण्डारीले यसबारे निर्वाचन आयोगका पदाधिकारी तथा कानुनविदसँग परामर्श लिने भन्दै विवादमा तानिएकी थिइन्।

तर शनिबार अपरान्ह आयोगका पदाधिकारीसँगको परामर्श पश्चात राष्ट्रपति भण्डारीले साँझ राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्री तथा उनका अरु तीन जना सदस्यलाई मन्त्री पदको नियुक्तिसँगै पद तथा गोपनियताको सपथ दिलाइन।

थापाले सपथ लिएलगत्तै राप्रपाका नेताहरु दिलनाथ गिरी, जयन्तबहादुर चन्द र विक्रमबहादुर थापाले पनि सपथ लिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए। तर उनीहरुलाई प्रधानमन्त्रीले कुनै मन्त्रालयको जिम्मेवारी भने तोकेका छैनन्।