सामाखुसी साहित्य समाजको साहित्यिक कार्यक्रमको १०४ औ शृङ्खला सम्पन्न

सामाखुसी साहित्य समाजको साहित्यिक कार्यक्रमको १०४ औ शृङ्खला सम्पन्न

काठमाडौँ।सामाखुसी साहित्य समाजको नियमित साहित्यिक कार्यक्रमको १०४ औ शृङ्खला हिजो शनिबार लिंकन कलेज सामाखुसीको सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

चार वेदका नेपाली अनुवादक श्री तिलक लुइँटेलको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न रचनाहरु वाचन गरिएको थियो । कविहरु डाक्टर मेघराज ढकाल ,वासुदेव गुरागाई , कृष्णकान्त घिमिरे , निर्मलरमण पराजुली , इन्दिरा रेग्मी ,वूमन्स पौडेल , शिव प्रसाद आचार्य , मुकुन्द पौडेल , महेश रिजाल , दिनेश बिक्रम थापा , भाग्यशाली अधिकारी, ओम कुमारी लगायतले गित,कविता , गजल र मुक्तक सुनाउनु भएको थियो ।


कार्यक्रममा सुनाइएका कविताहरुमा प्रमुख अतिथि तिलक लुइँटेल ले टिप्पणी गर्दै कविताहरु सुन्दर र शक्तिशाली हुनुकासाथै समयचेत वोकेको कुरा वताउनु भयो । वहांले समाज परिवर्तनका लागि आजका कविताहरु सहयोगी हुने र काव्यगोष्ठिहरु जीवनका अन्यपक्षसंग जोडेर गर्न सके अझै प्रभाकारी हुने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापति भाग्यशाली अधिकारीले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिदै सधै माया र सहयोग पाउने अपेक्षा व्यक्त गर्नु भयो । साथै कवि दिनेश बिक्रम थापाले सवैलाई स्वागत गर्दै समाजले गरेका गतिविधि र आगामी दिनका कार्यक्रम वारे आफ्ना धारणा राख्नु भएको थियो । २०६० कार्तिक २३गते वाट यो संस्थाले नियमित कार्यक्रम चलाउदै आएको छ ।