आध्यात्मिक काव्य गोष्ठी सम्पन्न

  • 1
    Share
आध्यात्मिक काव्य गोष्ठी सम्पन्न

काठमाडौँ।श्री कान्ति भैरव गुरुकुल आश्रम र भूगोल साहित्य समाज ( भूसास) को संयुक्त आयोजनामा गोकर्ण उत्तरवाहिनी स्थित गुरुकुल आश्रम परिसरमा आध्यात्मिक काव्य गोष्ठी सम्पन्न भएको छ ।

सर्वेश्वर भगवान श्री राधाकृष्णको लीला ,गुण ,भक्तिमा केन्द्रित उक्त आध्यात्मिक कवि गोष्ठीमा वक्ताहरुले दशवटै रसहरुको उद्गम श्रीकृष्ण भएको र श्रीकृष्ण आफैमा मूर्तिमान काव्य भएकोले श्रीकृष्ण केन्द्रित कविता अत्यन्त रसमय हुने वताउनुभयो । सो अवसरमा वक्ताहरुले अध्यात्म र भौतिकताको संयोजनबाट जीवन र जगत चलिरहेको वताउंदै देशको अग्रगमन निम्ति नास्तिकता, निरपेक्षता होईन अध्यात्म र भौतिकताको कुशलतम संयोजन अत्यावश्यक रहेको सन्दर्भमा विद्यालयमा आयोजित यस गोष्ठीले विद्यार्थीहरुलाई यस दिशामा निर्देशित काव्य सृजनामा प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्नुभयो । राधे राधे परिवारको संयोजनमा गुरुकुल आश्रमका संस्थापक प्रा.डा.ऋषिराम पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा प्राध्यापक दुर्गा दहाल, गुरुकुल आश्रमका प्राचार्य श्रीराम अधिकारी, रासस सम्वध्द पत्रकार पूर्ण प्रकाश मिश्र, अध्यापकद्वय दधी पराजुली ,देवराज सुवेदी ,भूगोल साहित्य समाजका उपाध्यक्ष दिनेश व्रिकम थापा ,सचिव शैलेन्द्र कुमार शाह ,कोषाध्यक्ष हरिश्चन्द्र गौतम,राधे राधे परिवारका मुकुन्द अर्याल लगायतका वक्ताहरुले मन्तव्य तथा कविता प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा आयोजित कविता प्रतियोगितामा सर्वश्री राधाकृष्ण न्यौपाने (प्रथम )देवेन्द्र अधिकारी (द्वीतिय ) गोपाल दहाल (तृतीय ) प्रज्ज्वल ढुंगेल र शिशिर खनालले (शान्त्वना )पुरष्कार प्राप्त गरेका थिए । सो अवसरमा आश्रमका विद्यार्थीहरु सुदिप कोईराला ,विपुल खनाल , लक्ष्मण भट्टराई ,आशीष आचार्य , गौरव पराजुली ,रुपेश पराजुली,गणेश अधिकारी,शिशिर अधिकारी , भुवन भण्डारी ,सूर्यप्रसाद उपाध्याय,विवश कोईराला ,विमल निरौला ,प्रताप नेपाल,दधी पराजुली रुपेश पराजुली लगायत डेढ दर्जन कविहरुले कविता वाचन गरेका थिए ।

स्मरण रहोस् यस युगका पन्चम जगद्गुरु श्री कृपालुजी महाराजको अनुकम्पाबाट संस्थपित भई कृपालु महाप्रभुका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासज्यूको मार्गनिर्देशनमा संचालित श्री राधा माधव समिति नेपालले विविध सामाजिक सेवाका साथै देशको अध्यात्म संस्कृतिको उत्थानमा समेत विविध कार्यहरु गर्दैआएको छ ।