पेट्रोल, डिजेलको चोरीनिकासी बढेपछि निगमको कडाइ

पेट्रोल, डिजेलको चोरीनिकासी बढेपछि निगमको कडाइ

काठमाडौं, ८ फागुन । भारततर्फ पेट्रोल, डिजेलको चोरीनिकासी बढेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ ।

निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न निर्देशन दिएको छ । नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ र डिजेल प्रतिलिटर ४१ रुपैयाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो । फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।