के अब म छोरीलाई जन्म दिउत ?

के अब म छोरीलाई जन्म दिउत ?

रञ्जिता महत

बलात्कारीले सिमा अति नै नाघिसक्यो सरकार ! अब त जुट
शुभ बिहानीको १० बजिसक्यो के हेर्छौ सरकार ! अब त उठ

बलात्कारी स्वतन्त्र भइ डुल्न थाले सरकार टोल टोल भरी
छि ! न त भने आमा ,भाइ बुहारी, न डाइपर लगाउने छोरी
रगतै रगतामे पारे छोरी सरकार ! जबर जस्ती बल गरी गरी
कतिलाई पासा बाँधी मारे सरकार ! कतिलाई घाँटी सेरी सेरी

तिम्रो छोरी नहुनाले कानमा तेल हाल्यौँ सुनेनौँ पिडितको कुरो
कुन चाहिँ सरकार ! आउँला अनि फ्याकिदेला यो कुरुतीको जरो
शिक्षित नारीले आवाज उठाएर कालो बस्त्र पेटिकोटमा उत्रिए
आइमाईको रुप केश हो सरकार ! दुःख लाग्छ त्यो समेत मुण्डाए

यदि प्रश्न लुगा मैँ हो भनि राष्ट्रिय लुगा घोषणा गरिदेऊ
यदि होइन भने सरकार ! अपराधी लुकाउने प्रयास नगरिदेऊ
पिडित, उनका आमाबाबा अनि नेपाली चेलीको कुरा सुनिदेऊ
सहन नसक्ने भइसक्यो के सरकार ! अब त कानुन फेरिदेऊ

पहुचपुगेन होला र त पिडितले लाजले मुन्टो लुकाउनुपर्यो
नारी राष्ट्रपति भएको देशमा छि ! नारीले शीर झुकाउनुपर्यो
सक्छौँ भने गएर पिडितलाई व्यबस्थापन सहित न्याय देऊ
सक्दैनौँ भने सरकार ! झोलीकुम्लो बोक अनि राजिनामा देऊ

म छोरी, छोरी जन्मिछ कि भनी सयौँ चोटी सोच्न थालीसकेँ
क्रोनिक भिलस श्याम्पिल्ङ गरी गर्वमाकोे छोरी फल्न थालीसकेँ
हजुरको न्यायमा प्रश्न ‘५०० रुपैँयामा गुमेको इजत फर्किन्छ त ?’
मेरो प्रश्न हजुर सामु सरकार ! ‘के अब म छोरीलाई जन्म दिउत ?’

बलात्कारीले सिमा अति नै नाघिसक्यो सरकार ! अब त जुट
शुभ बिहानीको १० बजिसक्यो के हेर्छौ सरकार ! अब त उठ