

काठमाडौं, ११ पुस । राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताएका छन् ।
काठमाडौँको नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवर्धनगर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिनुभयो ।