अधुरो ताजमहल

अधुरो ताजमहल

-टेकनारायण रिमाल “कौशिक”

त्यो रात
हिन्दी सिनेमा
ताजमहल
हेरेर फर्केका थियौँ हामी
एउटो कुरा मान्नुहुन्छ?
एक्कासि सोधेकी थिइन्
बाटोमा उनले
भन के?
मैले भनेको थिएँ
वाचा गर्नुस्
वाचा भो
यदि
म मरिहालिछु भने
एउटा
सानो ताजमहल
बनाइदिनुहोला
मेरो मज़ारमा!
कोशिश गर्नेछु
झीनो स्वीकृति थियो
मेरो….
एउटा
शर्त छ
तिमीलाई
मेरो पनि
मैले भनेको थिएँ
उनीमाथिको
नीलो आकाशलाई हेरेर
भन्नुस् के?
उनले भनेकी थिइन्
वादा गर
वादा भो
जब
जब
मैले पुकार्ने छु
तिमी आउनुपर्ने छ
जुनै लोकबाट पनि
वादा निभाउनुपर्ने छ
कुनै परिस्थितिमा पनि
हस्
गम्भीर स्वरमा स्वीकारेकी थिइन्
उनले…
उफ्,,,,,,,,,
न मैले ताजमहल बनाउन सकेँ
उनको समाधिमा
न उनी आउन सकिन्
मेरो पुकारमा……
तर
हामीले हाम्रो क़सम ज़रूर निभाउने छौँ
मेरो स्वागत गर्नेछिन्
उनी
चाँदको दहलीज़मा
वफ़ाको वरमाला लिएर
हातमा…..
बेशुमार
प्यारको ताज
पहिराइदिने छु

मेरी मुटुभरिकी
मुमताज़ महलको
माथमा………..

Take Narayan Rimal Kaushik
26th street. No,42. Lower block. Pabedan township. Yangon, Myanmar