नाता

नाता

-नारायण घिमिरे-

भाषाको संस्कारमा
साहित्य टुसायाे
कविका काब्यमा
मसीकाे बाढ आयाे
कलमले स्वाद चखायाे
हिउँचुलि रसायाे
कण्ठ कण्ठ भिजायाे
बाेलिले हाेकी प्रेमले
नेपाली गाेर्खा चिनायाे
हिमाली देश नेपाली भेष
रगतले नाता सुनायाे
पाैरख खान जन्मेका हामी
अन्यका माझ
परिचय बतायो
सूर्यका किरण चन्द्रकाे शीतल
राष्ट्रकाे प्रतिकमा समायाे
एक लाेटा पानी
चढाउने बानी
ती दिब्य पूज्य
आस्थाले सम्झायाे
याे कस्तो नाता
सपनामा पनि
राष्ट्रवाणीले उठायाे ।।

म्यान्मार