दशैँको आठौँ दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय

दशैँको आठौँ दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय

भादगाउँ, ८ कात्तिक ।कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दशैँको महाअष्टमीको अवसरमा आज साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन ।

नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । दशैँलाई नेवार समूदायले मोहनी नखःको रुपमा मनाउँछन । नेवार समूदायमा मोहनी नखःको विशेष महत्व रहेको छ । वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । यसकारण मोहनी नखःमा सबै परिवार, छुटिएका दाजुभाइ समेत एकै स्थानमा बसेर भोज खाने, ठूलालाई आदर सत्कार गर्ने प्रचलन रहेको छ ।रासस