कोरोनाको समयमा शान्ति निर्माण गर्न संचारमाध्यमको भूमिकाबारे छलफल

कोरोनाको समयमा शान्ति निर्माण गर्न संचारमाध्यमको भूमिकाबारे छलफल

काठमाडाैं । यही सेप्टेम्बर १७ मा  युएन इकोसोक (UN ECOSOC) सँग आबद्ध हेवेनली कल्चर, वर्ड पिस, रिइस्टेरेसन् अफ लाइट (HWPL), ले ‘शान्ति निर्माणमा सञ्चार मिडियाको भूमिका’ विषय बारे छलफल गरेको छ । आयोजित अनलाइन मिडिया फोरममा विभिन्न मिडिया विभागका फिलिपिन्स पत्रकारहरूको  उपस्थिति रहेको थियो ।

‘शान्ति निर्माणमा सञ्चार मिडियाको भूमिका’ विषयमा पाँच जनाले आफ्नो विचार राखेका थिए । मिडियाकर्मीले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा सामना गरिरहेको भन्ने विषयमा शान्ति निर्माणमा मिडियाको महत्वपूर्ण भूमिकाबारे छलफल भएको थियो ।

कार्यक्रममा रेडियो भेरीटासका थेओफेल सान्तसले भने ‘मिडियाको भूमिका भनेको तथ्यलाई साझा गर्नु हो जसले शान्ति बढाउँछ, जस्तै आमाबाबुले जसरी आफ्ना बच्चाहरूलाई सत्य ज्ञान बाढ्नु हुन्छ जसले परिवारमा विश्वास र शान्तिको निर्माण गर्दछ ।’

त्यसैगरी उक्त कार्यक्रममा डायरियोङ्ग टागालोगका एमजे बालाग्रलले पनि त्यही बुन्दालाई जोड दिदैँ, इमानदारी, समझ, प्रेम र सम्मान सबै, फिलिपिन्समा मात्र नभई विश्वको अन्य ठाउँमा पनि ‘स्थाई र दिगो शान्ति’ को प्रेसका लागि आवश्यक रहेको बताए ।

सहभागीहरूले  वित्तीय स्थिरता, मिडिया संस्थाका बीच प्रतिस्पर्धा, र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न कानुनी सुरक्षाको अभावमा समयमै र राम्रोसँग अनुसन्धान गरिएका समाचारहरू प्रकाशित गर्ने मुख्य चुनौतीहरूको बारेमा पनि छलफल गरेका थिए । दोस्रो सत्रको खुला छलफलमा यी चुनौतीहरू सम्बोधन गर्ने तरिकाहरूमा समेत छलफल गर्ने बुझाइएका छ ।

नेशनल प्रेस क्लबका पूर्व निर्देशक तथा सचिव जुनेक्स डोरोनिओले सञ्चारकर्मीहरूलाई ‘उहाँहरूको बोलावट प्रति सत्यनिष्ठ हुन, कुनै डर वा पक्षबिना निष्पक्ष रिपोर्ट गर्न ’ हौसला दिए। उनले भने, ‘ कि यदि पत्रकारले आफूलाई–आफ्नै डरबाट स्वतन्त्र गरे भने, तब सामूहिक मिडियाले विश्व शान्ति प्राप्त गर्न मद्दत पुर्याउन सक्छ।’

फोरमको अन्त्यमा, सबै उपस्थित पत्रकारहरूले शान्ति निर्माणको लागि जिम्मेवार र तथ्यपूर्ण पत्रकारिता आवश्यक छ भनेर सहमति जनाएका थिए ।

HWPL ले ‘२०२० कोभिड–१९ महामारी सामना गर्ने हाम्रो दृष्टिकोण’ शीर्षकको अर्को मिडिया फोरम सञ्चालन गर्दै छ जुन सेप्टेम्बर २६, २०२० मा हुदैछ। जसमा हंगकंग, इन्डोनेसिया, नेपाल, ताइवान र फिलिपिन्सका पत्रकारहरू सहभागी हुनेछ।