टंक चौलगाईँको ‘उबडखाबड’ उपन्यास बजारमा

टंक चौलगाईँको ‘उबडखाबड’ उपन्यास बजारमा

काठमाडौँ, ५ असोज।टंक चौलागाईँको चौथो उपन्यास उबडखाबड बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको गरेको उक्त कृतिमा दुरदराजबाट अनकौं सपना सजाएर काठमाडौं आउने युवाको संघ्रष र सहरले उनीमाथी गरेको शोषणको कथा छ ।

आख्यानलाई हाँस्यव्यंग्यको रुपमा चित्रण गर्ने चौलागाईँको यसअघि जिरो कटेज, काठमाडौं गित, टालाटुली उपन्यास प्रकाशित छन् । करिब दर्जन जति बालकथा पुस्तक प्रकाशन गरेका चौलागार्इँ एक कुशल नाट्य निर्देशक पनि हुन् ।लेखकसँगको कुराकानीमा भने, ‘हिजो पनि देशमा धनि र गरिब बिच असमानता थियो । राजनीतिक परिवर्तन त्यो असमानता घट्नु पर्नेमा झन् बढिरहेको छ । आज शासकले गरिबको चित्कार होइन धनिको गित गाउन थालेको छ । यो उपन्यास शासकको असमान रबैया प्रतिको व्यंग्य हो’

शिखाबुक्सका संचालक पुष्पराज पौडेलका अनुसार २४४ पृष्ठको उबडखाबडको मुल्य ३५० तोकिएको छ । उक्त पुस्तक kitabyatra.com र thuprai.com बाट घरैमा मागाउन सकिन्छ ।