काेभिड – १९ ले जन्माएको mcqhall.com, लोकसेवा आयोगको घरमै बसेर तयारी

काेभिड – १९ ले जन्माएको mcqhall.com, लोकसेवा आयोगको घरमै बसेर तयारी

काठमाडाैं, २७ भदाै । लोकसेवा आयोगले विभिन्न क्षेत्रहरूको लागि लिँदै आइरहेको परिक्षाहरुको अब घरमै बसेर तयारी गर्न सकिने भएको छ। सफ्टवेयर कम्पनी dallotech.com ले लोकसेवाका विभिन्न पाठ्यक्रमको तयारी गराइरहेका देशका विभिन्न ईन्स्टिच्युट हरुको सहकार्यमा, covid-19 ले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै, ईन्स्टिच्युहरुले सञ्चालन गर्दै तयारी कक्षाहरुलाइ अब mcqhall.com ले सहज पर्ने भएको छ। परिक्षा तयारी ईन्स्टिच्युट र परिक्षार्थिहरुको दुरिलाइ कम र सम्बन्ध लाई मजबुत गर्दै, परिक्षार्थीहरुको समयलाई विशेष महत्त्व राख्दै mcqhall.com ल्याइएको कम्पनिका संचालक सागर भुसालले बताउनुभयो।

यस वेबसाईटले ईन्स्टिच्युट र परिक्षार्थी दुवै लाई विशेष स्थान दिएको छ। ईन्स्टिच्युटहरुले लोकसेवाका विभिन्न क्षेत्रसङ्ग सम्बन्धित पाठ्यक्रमहरुमा आधारित भइ ईन्स्टिच्युटको इक्जाम हलमार्फत सम्बन्धित प्रश्नपत्र यस वेबसाईटमा उपलब्ध गराउन सक्नेछन। यसका साथै परिक्षार्थिले आफ्नो क्षेत्रसंग सम्बन्धित लोकसेवाको तयारी आफुले चाहेको ईन्स्टिच्युटको हलबाट आवश्यक मक(mock) तथा लाइभ दिएर आफ्नो तयारीलाई सहज र मनोबललाइ उच्च बनाउन सक्नेछन्।

भविष्यमा अनलाईन लोकसेवा तयारी कक्षाका साथै आवश्यक परिक्षा सामाग्री उपलब्ध गराउने उद्देश्यले ल्याइएको mcqhall.com ले वर्तमान covid -19 को जस्तो समस्यामा पनि तयारिलाइ निरन्तरता दिन यो माध्यम सहज र सुलभ हुने कम्पनिका सिइओ अनुज पौडेलले बताउनुभयो। यस सम्बन्धी अन्य विशेष जानकारीको निम्ति mcqhall.com , contact@mcqhall.com वा 9863021119 मा सम्पर्क गर्न सकिने छ।