राष्ट्रकवि प्रति तेह्रौं पूण्यतिथिमा भूगोल साहित्य समाजकाे श्रद्धाञ्जली

राष्ट्रकवि प्रति तेह्रौं पूण्यतिथिमा भूगोल साहित्य समाजकाे श्रद्धाञ्जली

काठमाडौं, १४ भदौ ।

‘नेपाली हामी रहुंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’

नेपाली साहित्यलाई असंख्य कालजयी सृजनाहरु दिएर अनुपम गुन लगाउनु भएका नेपाली काव्याकाशका जाज्वल्यमान नक्षत्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाप्रस्थानको तेह्रौं दिनको पूण्यतिथीमा राष्ट्रकविको निधनप्रति भूगोल साहित्य समाजले गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा दिनेशविक्रम थापा, शैलेन्द्र कुमार शाह, हरिश्चन्द्र गौतम,मुकुन्द अर्याल, नवराज पुडासैनी, वुध्दिराज पाण्डे, उमेश तिमिल्सिना तथा गुप्तबहादुर रानासमेतका कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुको सहभागितामा सम्पन्न भर्चुअल बैठकले स्वर्गीय राष्ट्रकविको दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन लगायत मर्माहत सम्पूर्ण नेपाली समाजप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यस अवसरमा समाजले कविवर घिमिरेद्वारा रचित ‘नेपाली हामी रहौंला कहाँ’ लगायत राष्ट्रभक्तिले ओतप्रोत दर्जनौ सृजनाहरुले नेपाली समाजलाई राष्ट्रियता संरक्षणमा युगौेंसम्म अभिप्रेरित गरिरहने अभिमत प्रकट गर्दै र स्वर्गीय राष्ट्रकविका ‘ऋतम्भरा ’लगायतका अप्रकाशित कृतिहरु प्रकाशनको आवश्यक व्यवस्था गरिदिन सम्वद्ध निकायसँग भ्ूागोल साहित्य समाजले आग्रह गरेको छ ।