कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौँ, ३१ असार ।कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटका ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनी कोरोना कारण भारतको बेंगलोरमा मृत्यु भएका दाइको अन्त्येमा सहभागी भएर घर फर्किएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टिनमा राखेको थियो । रुघाखोकी, ज्वराका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरियो ।उनलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार मात्र पुष्टि भएको थियो ।

प्रवक्ता गौतमका अनुसार उनको स्वास्थ्यमा समस्या आएसँगै आज बिहानबाट उनको भेन्टिलेटरमा राखि उपचार भइरहेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।