कोसेली

  • 137
    Shares
कोसेली

देविका कुवँर

अब माइतिलाई कोशेली
म माइत जाँदा मेरी आमालाई
सम्झाउने छु आमा! भाउजुलाई
धैरै मायाँ गर्नु,
बुवा! भाउजुलाई म जस्तै ठान्नु,
दाइ !भाउजुलाई
कहिल्यै बचन नलाउनु,
म भन्नेछु बारम्बार, हजुरहरुले
भाउजुलाई मायाँ सम्मान दिए
मलाई पनि मेरो घरमा
सबैले मायाँ गर्छन्
हजुरहरुको कमि मेरा सासु
ससुराले पुरा गर्छन्
म भन्छु बारम्बार
बुहारीलाई मायाँ गर्नु
जति मलाई विश्वास गर्नुहुन्छ
बुहारीलाई पनि गर्नु
बाहिर कहिँ गएर आउँदा
हजुरहरुले पनि चिसो तातो
जे छ खुवाउनु
बुहारी पनि म जस्तै हो आमा
मेरी भाउजुलाई कहिल्यै
नरुवाउनु
मेरो घरको प्रसंसा हजुरको
सामु सँधै गर्न पाउँ
मेरो सासु ससुराले धेरै मायाँ
गर्छन् मलाई भनि भाउजुको
मुखबाट सुन्न पाउँ
म माइत आउँदा लुकाएर केहि
नदिनु आमा मलाई पुगेको छ
कहिलेकाहीँ उपहार ल्याइदिनु
भाउजुलाई केके चाहिएको छ
सानो सानो कुरामा कहिल्यै
केहि नसुनाउनु आमा
बुढेसकालको सहारा त्यहि बुहारी
हो, उनलाई छोरी बनाउनु आमा
दाइ कमाउन जान्छ साथमा
हुने त बुहारी नै हो
हजुरको सबै खयाल
राख्ने बुहारी नै हो
म कहिलेकाहीँ आउँला
खबर बुझ्न के छ
हाल भन्दै
बिदाइ गरि पठायौं आमा
झुल्के घाम सरि आउला कोसेली
बोकि गाउँले बन्दै ।।

नोटः पढ्नु मात्र भयो भने कथा हुन्छ, व्यवहारमा उतार्नु भयो भने अथाह हुन्छ।