आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्म बन्द रहने

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्म बन्द रहने

काठमाडौं, १ असार । व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई) सम्मका लागि बन्द रहेको छ ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो । यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो । तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्री ल्याउन तथा सुरक्षाका उडानहरू भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ ।