डीभी लोटरी २०२१ को नतिजा आयो, तपाईंलाई पनि पर्‍याे की (हेर्ने तरिकासहित)

डीभी लोटरी २०२१ को नतिजा आयो, तपाईंलाई पनि पर्‍याे की (हेर्ने तरिकासहित)

काठमाडौं, २५ जेठ । अमेरिका जाने लक्ष्य लिएकाहरुकाे लागि सन् २०२१ को डाइभर्सिटी भिसा (डीभी) लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समय अनुसार हिजो दिउसो १२ बजेदेखि डीभी लोटरीको नतिजा आएको हो ।

गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डीभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डीभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डीभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ । अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

डिभि कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।

यसको नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउन आधिकारिक वेवसाइट https://dvprogram.state.gov/ मा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।

तपाईंलाई डिभी पर्‍याे की चेक गर्न यहाँ क्लिक गर्नुहाेस्

डीभी परेपछि जाने प्रोसेस थाहा पाउन यहाँ सम्पर्क गर्नसक्नुहुन्छ