–दिपक थापा–
विश्व काेराेना माहामारीबाट आतंकित हुँदै गर्दा नेपालमा यसकाे असर अनि यसले देखाएको चिन्तन पक्कै पनि कम छैन । विश्वका विभिन्न देशहरुमा माहामारीले पुर्याएकाे मानविय, आर्थिक अनि सामाजिक क्षतिलाई कमजाेर मूल्याङ्कन गर्न मिल्दैन।
विश्व आतंकित हुदै गर्दा नेपालले अपनाएको सुरक्षित विधि सरहानीय भए पनि यसपछि गरिनुपर्ने रणनीती फितलाे देखियाे । सरकारकाे लकडाउन नीतिलाई स्विकार गरेर आम नेपाली धैर्यका साथ आफ्नो घर घरमा बस्नु, अनि सरकारले यस समयकाे पुरा सदुपयोग नगर्नुकाे कारण विदेशबाट स्वदेश फर्कने क्रममा आम नेपालीलाई व्यवस्थापन गर्न नसक्नु लगायतका उदाहरण हेरियाे भने पुग्छ सरकारकाे रणनीती कति फितलाे छ भन्नेकुरा ।
माहामारी एकैछिनकाे घटना हाेइन । त्यसैले यसलाई कमजाेर अनि सामान्य ठान्नु गलत हुन्छ।
दिन प्रतिदिन संक्रमित बढ्दै जाँदा यसले याे महामारीबाट नेपाल ग्रसित हुने कुरामा आम नेपालीलाई शंका हुनु स्वभाविक नै हो।
अव्यवस्थित क्वारेन्टाईन, नियमय निकायहरुकाे फितलाे काम गराइ, विभिन्न देशबाट स्वदेश फर्कन चाहने नेपालीहरुकाे चाहानालाई बेवास्ता गर्नु, मजदुर अनि वास्तविक गरिबकाे पहिचान गरि राहत वितरण गर्न नसक्नु, यस्ताे माहामारीकाे अवस्थामा पनि भ्रष्टाचारमा लिप्त हुनु, विगतदेखि स्वास्थ्य तथा पुर्वाधारमा गरिने बजेटकाे कम मूल्यांकन, कर्मचारी व्यवथापन गर्न नसक्नु अनि माहामारीलाई निर्मुल बनाउने उपायहरुकाे खाेजिनितीमा विशेष जाेड नदिनु जस्ता यावत कुराहरुलाई नेपालमा काेराेना माहामारी बढ्नुका मुख्य पाटाकाे रुपमा लिन सकिन्छ।
मानिस सामाजिक प्राणी हाे। समाज विनाकाे मानवजाति अकल्पनिय नै हुन्छ। स्वभावले नै मानिस घुलमिल हुने, रमाईलो गर्ने ,सामाजिक कार्यमा संलग्न हुने, सांस्कृतिक कार्य गर्न चाहान्छ । तर अहिलेकाे महामारीले मानिसलाई यी सबै कुराहरुबाट बञ्चित गराईरहेकाे छ। जसले गर्दा मानिसकाे मानसपटल धेरै नै चञ्चल बनेकाे छ।
विदेशबाट स्वदेश फर्किने नागरिक प्रति गरिने व्यवहार हाेस् वा सामान्य समाजमा गरिने आजभाेलिकाे व्यवहारले आम मानिसमा निराशा , एक्लाेपन, बन्धन जस्ता अनेकौं मानसिक समस्याहरु निम्तनु अनि आत्महत्या गर्नु यी सबै माहामारीबाट मात्र नभई हामीले गरिने व्यवहार अनि हामीले अपनाएको रणनीतिलाई लिन सकिन्छ।
त्यसैले आम मानिसहरुलाई सहज अनि सजग गराउदै अन्य उपायहरूबाट यस माहामारीलाई निर्मुल बनाउन जुट्नु नै आजकाे आवश्यकता हाे। यसकालागि सबै एक जुट भएर काेराेना विरुद्धकाे लडाईमा सचेतता सहित लाग्नुकाे विकल्प छैन ।