मिर्मिरे युवा समाजबाट उदयपुरका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामग्री वितरण

मिर्मिरे युवा समाजबाट उदयपुरका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं, २२ जेठ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहमा पर्याप्त स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएको छ ।

यही समस्यालाई मध्यनजर गर्दै काठमाडौंबाट उदयपुर जिल्लाका चौदण्डीगडी र त्रियुगा नगरपालिकाका लागि स्वास्थ्य सामग्रीको मिर्मिरे युवा समाजले व्यवस्थापन मिलाएको छ । उदयपुरका विभिन्न पालिकाहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

सुरक्षा सामग्री बिना स्वास्थ्यकर्मीले काम गरिरहेका बेला मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले गाउँपालिकालाई ४०सेट पीपीई ६० लिटर ह्याण्ड्वास ४५ लिटर स्यानीटाईजर ४ हजार मास्क ४ हजार पन्जा प्रदान गरेको हो । पालिकाहरुमा रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने गरी पीपीई सेट लगाएत स्वास्थ्य सामग्री प्रदान गरिएको समाजका अध्यक्ष दिनेशबिक्रम शाहले राष्ट्रवाणी डटकमलाई जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको शाहले बताए । पीपीई सहित अन्य स्वास्थ सामग्रीहरु चौदण्डीगढी नगरपालिका उदयपुरका नगर प्रमुख खगेन्द्र राई उपप्रमुख रिताकुमारी चौधरी ,स्वास्थ उप संयोजक तेजबहादुर पोखरेल र स्थानिय समाजसेवीलाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ । विभिन्न दाताहरुबाट संकलन गरेर गाउँपालिका अन्तरगर्तका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समाजले जनाएको छ ।