सेनाको ब्यारेकभित्र अर्गानिक तरकारी खेती सुरु (१० फोटो सहित हेर्नुहोस् भिडियो)

सेनाको ब्यारेकभित्र अर्गानिक तरकारी खेती सुरु (१० फोटो सहित हेर्नुहोस् भिडियो)

खाली जग्गाको सदुपयोग

काठमाडौं, १७ जेठ । नेपाली सेनाको ब्यारेकभित्र रहेका खाली जग्गाहरुमा अर्गानिक तरकारी खेती सुरु गरिएको छ । नेपाली सेनाले आफ्ना ब्यारेकहरु भित्र रहेका खाली जग्गाहरुको सदुपयोग गर्ने उदेश्यले अर्गानिक तरकारी उत्पादन गर्न सुरु गरेको हो । जसबाट नेपाली सेनालाई आवश्यक पर्ने तरकारीको मागलाई केहि हदसम्म परिपूर्ति हुने बताइएको छ ।

सेनाको ब्यारेकभित्र फलाइने तरकारी अर्गानिक हुने हुँदा देशको सुरक्षामा खटिने नेपाली सेनाको स्वास्थ्यमा समेत फाइदा हुने बताइएको छ । ब्यारेकभित्र गोलभेडा, काउली,बन्दा फर्सी,भन्टा, बोडी, काक्रो, बोडी, लौका धनिया लगायतका हरिया तरकारीहरु रोपिएको छ ।

सेनाले देशभर आफ्ना ब्यारेकहरुमा रहेका खाली जग्गाहरुमा पनि तरकारी खेती गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राष्ट्रवाणी डट कमलाई जानकारी दिनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आयातित विषदीयुक्त तरकारीमा भाइरसको जोखिम बढी हुने भएकाले खाली जग्गाको उपयोग गर्दै आफैले उत्पादन गरेको सेनाले जनाएको छ ।

त्यस्तै सेनाले आफ्ना लागि आवश्यक तरकारी आफैले उत्पादन गरेपछि आयातमा पनि केहि हदसम्म कमी आउने विश्वास गरिएको छ । त्यस्तै यसअघि सरकारले अगाडि सारेको एक नेपाली एक फलफूलको विरुवा वृक्षारोपण अभियानलाई सफल बनाउन नेपाली सेनाले एक सिपाई एक विरुवा वृक्षारोपण अभियान पनि सञ्चालन गरिरहेको छ । हाल बार्षिक अरबौ रुपैयाको तरकारी आयात हुदै आएको छ भने निर्यात न्युनमात्र हुने गरेको छ ।

भिडियो हेर्नुहाेस्