

काठमाडौं, १३ जेठ । सरकारले जारी गरेको लकडाउन विगत ६४ दिनदेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको हो ।
पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । लकडाउनको ६४ औं दिनमा आइपुग्दा उपत्यकामा भने उलंघन बढदै गएको छ । बिभिन्न स्थानमा चेकजाँच पनि फितलो देखिएको छ ।
लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएतापनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका लगाएत मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।









