‘लकडाउन’को ५९ औं दिन, यस्तो देखियो फोटो र भिडियोमा काठमाडौं

‘लकडाउन’को ५९ औं दिन, यस्तो देखियो फोटो र भिडियोमा काठमाडौं

काठमाडौं, ८ जेठ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५९ औं दिन हो । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ ।

५९ दिनको लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।

उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा छन् ।

प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारबाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।

भिडियाे हेर्नुहाेस्