

काठमाडौं, ४ जेठ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५५ औं दिन हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र एक जनाको मृत्यु भएपछि आइतबारबाट लकडाउनका कडाई गरिएको छ जसका कारण सडक थप सुनसान बनेको छ । पटकपटक थप गर्दै जारी लकडाउनलाई ५ जेठमा सकिदैछ । यस्तै आइतबार नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको छ ।

सर्वसाधारणले नेपाली सेनाको पोसाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीका चार स्थान बानेश्वर, महारागन्ज, कालीमाटी र थापाथली मा सैनिक प्रहरीले चेकिङ सुरु गरेको छ ।

लामो लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गएको ४२ प्रकारका उद्योग–व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएको छ । तर उक्त उद्योग–व्यवसाय सञ्चालन गर्न एक तिहाइमात्र कर्मचारी राख्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै काठमाडौं भित्रिने नाकामा थप कडाई गरिएको छ भने यसअघि जारी गरिएको पास पनि खारेज गरिएको छ । त्यस्तै जिल्लाभित्र चल्ने सवारीसाधनलाई यसअघि दिइएको पास पनि रद्ध गरिएको छ ।



