

काठमाडौं, २ जेठ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ औं दिन हो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ ।

लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो। तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि थप कडाई गरिएको छ ।

उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ । प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ । उपत्यकाका भित्रि सडकहरुमा अत्यावश्यक उपभोग्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।










