‘लकडाउन’को ५० औं दिन यस्तो देखियो काठमाडौंको सडक चहलपहल (फोटो/भिडियो)

‘लकडाउन’को ५० औं दिन यस्तो देखियो काठमाडौंको सडक चहलपहल (फोटो/भिडियो)

काठमाडौं, ३० वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको आज ५० औं दिन हो ।

गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन ।

लकडाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् । अत्यावश्यक लगायतका क्षेत्र सुचारु भएपछि काठमाडौं उपत्यकाका बाटोमा सवारी साधनको संख्या बढ्न थालेको छ ।

सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन्। बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन् ।

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो ।

भिडियाे हेर्नुहाेस्