‘लकडाउन’को ४९ औं दिन ह्वात्तै बढ्यो काठमाडौंमा सवारीको चाप (फोटो/ भिडियो)

‘लकडाउन’को ४९ औं दिन ह्वात्तै बढ्यो काठमाडौंमा सवारीको चाप (फोटो/ भिडियो)

काठमाडौं, २९ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको जारी छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो ।

यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ । ४९ औं दिनसम्म आइपुग्दा लकडाउन केहि खुकुलो भएको छ । काठमाडौं उपत्यकामा सवारी चाप पनि ह्वात्तै बढेको छ ।

भिडियाे हेर्नुहाेस्