भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा बानेश्वर संसद भवन अगाडि प्रदर्शन, विद्यार्थीहरु पक्राउ (फोटो / भिडियो)

भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा बानेश्वर संसद भवन अगाडि प्रदर्शन, विद्यार्थीहरु पक्राउ (फोटो / भिडियो)

काठमाडौं, २८ वैशाख । भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि बिभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन थिए ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १५ जना जतिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

भिडियाे हेर्नुहाेस्