लकडाउनको ४३ औं दिन यस्तो देखियो काठमाडौं उपत्यका हेर्नुहोस् (फोटो/भिडियो)

लकडाउनको ४३ औं दिन यस्तो देखियो काठमाडौं उपत्यका हेर्नुहोस् (फोटो/भिडियो)

काठमाडौं, २३ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ ।

सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् ।

सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ ।

सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् ।

सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।

भिडियाे हेर्नुहाेस्