—सविता आचार्य–
यता हेरे तिमि देख्छु उता पनि तिमि देख्छु
सपनीमा बिपनिमा जता ततै तिमि देख्छु!!
विश्वासको दियो बाली बस्छु तिम्रै नाउँमा
मलाई भेट्न आउने भाका नसार्नु है माया!!
नौं डाँडाले छेके पनि झल्को यो आँखै भरी
यो ज्यान टाढा भए पनि आत्मा मनै भरि !!
कैंयौ दु:ख,कष्ट सहे आँशु नै भो साथी
आँशु पुछि मनलाई थामे भगवानलाई भाकी!!
चाहिदो रहेछ बिसाउने जिन्दगीको भारी
चौतारी हौ तिमि मेरो नजानु है टाढा प्यारी!!
यता हेरे तिमि देख्छु उता पनि तिमि देख्छु
सपनीमा बिपनिमा जता ततै तिमि देख्छु!!