काठमाडौंमा ‘लकडाउन’ उल्लंघन गर्ने क्रम बढ्यो हेर्नुहोस् (भिडियो)

काठमाडौंमा ‘लकडाउन’ उल्लंघन गर्ने क्रम बढ्यो हेर्नुहोस् (भिडियो)

काठमाडौं, १६ वैशाख । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् ।

सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पु‍र्याएको छ, । तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ ।

मंगलबार दिउँसोसम्म काठमाडौंका सडकमा चेकजाँचका क्रममा एक हजार बढि चार पांग्रे सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।

काठमाडौंमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्यो हेर्नुहोस् (भिडियो)