‘लकडाउन’को ३६ औं दिनः लकडाउन उल्लंघन गर्ने बढे हेर्नुहोस् (फोटो/भिडियो)

‘लकडाउन’को ३६ औं दिनः लकडाउन उल्लंघन गर्ने बढे हेर्नुहोस् (फोटो/भिडियो)

काठमाडौं, १६ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ ।

यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई साथ दिएका छन् ।

विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

तर पछिल्लो समय लकडाउन उल्लंघन गर्ने बढेपछि गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो ।

प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

लकडाउन उल्लंघन गर्ने बढे हेर्नुहोस् भिडियो)