‘लकडाउन’को ३५ औं दिन भक्तपुरदेखि संसद भवन वानेश्वरसम्म यस्तो देखियो हेर्नुहोस् (१० फोटो / भिडियाे)

‘लकडाउन’को ३५ औं दिन भक्तपुरदेखि संसद भवन वानेश्वरसम्म यस्तो देखियो हेर्नुहोस् (१० फोटो / भिडियाे)

काठमाडौं, १५ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ ।

यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई साथ दिएका छन् । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

तर पछिल्लो समय लकडाउन उलंघन गर्ने बढेपछि गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा पठाएको थियो ।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भिडियाे हेर्नुहाेस्