धनकुटामा घर भाडा मिनाहा गरिदिए एक दर्जन भन्दा बढीले

  • 745
    Shares
धनकुटामा घर भाडा मिनाहा गरिदिए एक दर्जन भन्दा बढीले

विजय राई/धनकुटा

धनकुटा, १५ बैसाख । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष,उपाध्यक्ष सहित धनकुटा र हिलेबजारका एक दर्जन भन्दा बढी घर धनीहरुले घर भाडा मिनाहा गरिदिएका छन् ।

कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको कारण व्यापार,व्यावसाय बन्द भई व्यावसायीहरुलाई ठूलो आर्थिक संंकट भएकाले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकको घरमा व्यापारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राईले मिनाहा गरी गरिदिनु भएकाे छ । यसैगरी धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लक डाउनभरको घर भाडा मिनाहा गरिदिनु भएको छ ।

यसैगरी धनकुटा हिले बजारका थाम वहादुर लिम्बु र हेम कुमारी लिम्बुले तिन वटा घरमा व्यापारी तथा व्यावसायीहरुले संचालन गरेको डाँफे मुनाल ग्रिल उद्योग, साथी भाई अफसेट प्रेस,खाजा घर,लगायत चार जना व्यावायीहरुलाई लक डाउन अवधिभरको घर भाडा पुरै मिनाहा गरिदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा यूवा व्यवसायी गणेश थापाले बताउनु भयो ।

हाल यू के मा वस्दै आउनु भएका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले २०६२/२०६३ सालमा पनि जनआन्दोलनको समयमा पसल बन्द हुदा व्यापारी तथा व्यावसायीहरुलाई पुरै घर भाडा छुट गरिदिनु भएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

यस अघिनै धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठले र धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री, धनकुटा हिलेकै निरबहादुर गोङ्देन लगायत एक दर्जन घर धनीहरुले पनि व्यावासयीहरुलाई घर भाडा छुट गरिदिनु भई सहयोग गर्नु भएको छ ।

लक डाउनका कारण व्यापार व्यावासय पूर्ण रुपमा बन्द हुदा व्यावसायीहरु अहिले ठूलो संकटमा परेकोले घर धनीहरुले घर भाडा मिनाहा गरी दु खको समयमा संकटमा सहयोग गरी दिनु भएकोमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सबै घर भनी महानुभावहरुलाई आज धन्यवाद दिनु हुदै धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीहरुलाई व्यापारी र व्यावसायीहरुलाई घर बाट लक डाउन अवधिभरको छुट गरिदिन हुन समेत पुन आग्रह गर्नु भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनका कारण व्यापार व्यावसाय बन्द भएका कारण व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनी महानुभावहरुलाई घर मिनाहा गरीदिन र व्यापारी,व्यावसायी र उद्योगीहरुलाई बैकको ऋणको व्याज छुट गरी दिन हुन बैक लगायत सवै वित्तिय संस्थाहरुलाई लक डाउन शुरु भएपछिनै आग्रह गरेको थियो ।