

काठमाडौं, १२ वैशाख । आज लकडाउनको ३२ औं दिन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ ।

अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।

यस्तै सहरका भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ ।
