धनकुटामा उत्पादित ताजा तरकारी छिमेकी जिल्लामा

धनकुटामा उत्पादित ताजा तरकारी छिमेकी जिल्लामा

–विजय राई–

धनकुटा १२ बैशाख , धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ, स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा सप्लाई हुन थालेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेपछि कृषकहरुको बारीमानै कुहुनी थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा स्थानीय तहरु र स्थानीय प्रशासनको सहयोगमा जिल्लाका बजारहरुमा र वाहिरी जिल्लाहरुमा निर्यात हुन थालेको हो ।

महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनका कारण तकारी निर्यात गर्न समस्या भएपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा नगरपालिका,छथरजोरपाटी गाउपालिका लगायतका स्थानीय तहरुको सहयोगमा स्थानीय प्रहरी, प्रशासनको सहयोगमा धनकुटामा उत्पादित ताजा हरियो तकारीहरु स्थानीय बजारहरुका साथै छिमिकी जिल्लाका बजाहरुमा सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

छिमेकी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघको समन्वय र त्यस क्षेत्रका तरकारी व्यापारीहरुको समन्वय तथा सब्जी मण्डप संचालकहरु संग समन्वय गरी धनकुटामा उत्पादिन तकारीहरु विक्रि वितरणका लागी निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव रामबहादुर गोङ्वा तामाङ्गले वताउनुभ भयो ।

धनकुटा जिल्लाको स्थानीय बजारहरु धनकुटा,हिले,मुलघाट लगायतका विभिन्न बजाहरुमा र छिमेकी जिल्लाहरु सुनसरीको धरान,इटहरी,इनरुवा,झापाको दमक,बिर्तामोड,मोरंगको विराटनगर र पश्चिम तर्फ विरगंञ्ज सम्मका बजाहरुमा विशेष गरी धनकुटाको छथरजोरपाटीको सिधुवा,जोरपाटी,परेवादिन र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगा,मारेककटहरे लगायतका क्षेत्रमा उत्पादिन तरकारीहरु सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

धनकुटाको सिधुवा बजारबाट मात्र अहिले दैनिक १० देखी १५ गाडी ताजा हरियो तकारीहरु वाहिरि जिल्ला तर्फ निर्यात हुन थालेको वताउनुहुन्छ सिधुवा बहुदेश्यिय सहकारी संस्थाका व्यवस्थापक मगेन्द्र गुरुङ्ग । लक डाउन अगाडी दैनिक ५० भन्दा बढी गाडीहरुबाट तराईका विभिन्न जिल्लाहरुका साथै छिमेकी जिल्ला भारत, बंगादेशमा उक्त सहकारी संस्थाबाट निर्यात गर्ने गरेको व्यवस्थापक गुरुङ्ग वताउनु हुन्छ । अहिले कोरोना भाईरसको महामारी बढ्दै गएकोले तकारी निर्यातलाई अझ व्यवस्थित र सुरक्षित समेत बनाउनस पर्ने र यसका लागी सवैले सहयोग गर्नु पर्ने व्यवस्थापक मगेन्द्र गुरुङ्गले जोड दिदै आग्रह गर्नु भएको छ ।