आवाज विहिनहरुको आवाज बनेको सरोकार टेलिभिजन दोस्रो वर्षमा

आवाज विहिनहरुको आवाज बनेको सरोकार टेलिभिजन दोस्रो वर्षमा

काठमाडौं, ११ वैशाख । सरोकार टेलिभिजनले आफ्नो स्थापनाको एक वर्ष पुरागरी दोस्रो वर्षमा प्रवेश गरेको छ। अघिल्लो वर्ष लोकतन्त्र दिवसकै दिन स्थापना भएको सरोकार टेलिभिजनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमनागरिकको हितमा जिम्मेवार सञ्चार संस्थाको रुपमा आफुलाई उभ्याएको छ। यस च्यानलले छोटो समयमै आफुलाई नागरिकको रोजाईको टेलिभिजन बनाउन सफल भएको छ।

यस टेलिभिजनका कार्यक्रम तथा समाचार उत्पादन तथा प्रसारणमा आफ्नोपनको आभास भेटिनुका साथै विविधता भेटाउन सकिन्छ । सरोकार टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरुमा सूचना, पर्यटन, विकास, धर्म, संस्कृतिलगायत सम्पूर्ण नेपाल अटाउने कार्यक्रमहरु, जनताको भावनालाई उच्च प्राथमिकता दिई आवाज विहिनहरुको आवाजको माध्यम बनिरहेको छ ।

विकास र समृद्धिलाई उच्च प्राथमिकता दिदै नागरिकको भावना र सही सूचना सम्पेषणगरी मुलुकलाई गतिशीलतातर्फ अघि बढाउन यो टेलिभिजनले खेलेको भूमिका प्रशंसनिय रहेको छ ।

अहिले काेराेना संक्रमणबाट जाेगिनकालागि नागरिकलाई सचेतना फैलाउन पनि याे टेलिभिजनकाे भूमिका उल्लेखनिय रहेकाे छ । आगामी दिनमा यस टेलिभिजनले आफुलाई अझ सशक्तढंगले अघि बढाउने रणनीति बनाएको सरोकार टेलिभिजनका प्रमुख दिलिप थापामगरले बताउनुभएको छ । राष्ट्रवाणी मिडिया नेटवर्कको तर्फबाट सरोकार टेलिभिजनलाई हार्दिक बधाई, निरन्तर सफलताको शुभकामना ।