लकडाउनको १९औं दिन यस्तो देखियो हेर्नुहोस् (फोटो)

लकडाउनको १९औं दिन यस्तो देखियो हेर्नुहोस् (फोटो)

काठमाडौं, २९ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको शनिबार १९ दिन पुरा भएको छ । शनिबार पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान रहे ।

केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढेपछि प्रशासनले थप कडााई गरेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिए पनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् ।

चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । सुरुमा एकसाताका लागि तय लकडाउन थप दुई साता थपिएको छ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।