अस्ट्रेलिया उड्यो पर्यटकको उद्धारका लागि नेवानिको जहाज [भिडियाे]

अस्ट्रेलिया उड्यो पर्यटकको उद्धारका लागि नेवानिको जहाज  [भिडियाे]

काठमाडौं, १९ चैत । अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकको उद्धारका लागि नेपाल वायु सेवा निगमको वाइडबडी जहाज अस्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपालमा अलपत्र परेका करिब २ सय ६४ जना अस्ट्रेलियाली नागरिक लिएर एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि उडेको हो । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भरेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

[भिडियाे]