‘कोभिड–१९ उपकरण खरिदमा केही महंगो भएको होला, अनियमितता छैन’ -स्वास्थ्य मन्त्रालय [भिडियाे]

‘कोभिड–१९ उपकरण खरिदमा केही महंगो भएको होला, अनियमितता छैन’ -स्वास्थ्य मन्त्रालय [भिडियाे]

काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको दावी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गर्नुभएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ ।

तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उहाले केही महंगो भएको भएपनि समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो नगरेको जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्रालयले ज्वरोको विरामीलाई उपचार नगरी फर्काइएकोप्रति ध्यानकर्षण भएको भन्दै स्वास्थ्य उपचारका लागी निजी तथा सरकारी अस्प्ताल एक हुनुपर्ने जनाएको छ ।