कोरोना भाइरस : विश्वभर सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फर्के, अझै करिब एक लाख उपचाररत

कोरोना भाइरस : विश्वभर सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फर्के, अझै करिब एक लाख उपचाररत

पेरिस, ४ चैत।ङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ५० जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।    
    
उपचाररतमध्ये ९२ हजार ५५९ जना अर्थात् ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने छ हजार ४९१ अर्थात् सात प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण रहेको छ ।  चीनमा मङ्गलबारसम्म ८० हजार ८८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतहरूबाट लिएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा सङ्क्रमण भएको र दुई हजार १५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ ।    
    
त्यस्तै इरानमा १६ हजार १६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको, मङ्गलबार थप एक हजार १७८ जनामा सङ्क्रमण भेटिएको र सङ्क्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ९८८ पुगेको छ ।    

स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि, ४९१ को मृत्यु    
    

स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी पुगेको छ ।    
    
कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र यूरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भएपनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर एक अङ्कमा झरेको बताइएको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।    
    
सङ्क्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा सङ्क्रमण भेटिएको छ । एएफपी