मिस वर्ल्ड २०१९ की विजेता टोनीएन हेलम्बुमा

  • 80
    Shares
मिस वर्ल्ड २०१९ की विजेता टोनीएन हेलम्बुमा

हेलम्बु, ‘मिस वर्ल्ड-२०१९’ की विजेता टोनीएनसिं सिन्धुपाल्चोकको हेलम्बु आउनु भएको छ । तीन वटा हेलिकोप्टर चार्टर गरेरे घोप्टेघ्याङमा ओर्लिनु भएका टोनीएन अनुष्काको प्रोजेक्ट हेर्न हेलम्बुको सुर्सिङ गाउँका लागि आउनु भएको हो । हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र भिजिट नेपाल(२०२० को अवसर पारेर नेपाल भ्रमणको निम्तो पाएपछि टोनीएनले हेलम्बु गाउँपालिकामा बनिरहेको ग्रेट हिमालयन ट्रेलको पनि अवलोकन गर्नु भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष शेर्पा सहित स्थानिय लामा समुदायले टोलीलाई स्वागत गरेका थिए । टोनीएन सहित मिस वर्ल्ड अर्गनाइजेशनकी अध्यक्ष जुलिया मोर्ली, २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा, २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पनि हेलम्बु आउनु भएको हो ।

सन् २०२० को मिस वर्ल्ड प्रतियोगिताको फाइनल कार्यक्रम तयारीको लागि अध्ययन गर्न टोलीएनको समूहले अध्ययन गर्ने पनि बताइएको छ । हेलम्बुमा डेढ घण्टा बिताउनुभएका टोनीएनले हेलम्बु मोडेल जम्ब्याङ स्कूलको पनि अवलोकन गर्नु भएको शेर्पाले बताउनु भयो ।

नेपाली खाना ढिँडो र गुन्द्रुक, ह्योल्मो क्षेत्रको लोकप्रिय खाना खाप्से, साग र आलुको स्वाद लिँदै टोनीले मिस नेपाल श्रेष्ठको सहयोगमा सञ्चालित गलैँचा बुन्ने तालिमको पनि अवलोकन गरी स्थानिय रुपमा उत्पादन भइरहेको धुपी उद्योगमा धुप बनाएर स्थानियलाई उत्प्रेरित गर्ने कार्य समेत गर्नुभयो । प्राकृतिक सुन्दरताले भरिएकोे हेलम्बु साँच्चै सुन्दर रहको बताईएको टोनीएनले हेलम्बुलाई पर्यटकीय गन्तब्य बनाउन तर्फ सबै जना एकजुट भएर लाग्न आग्रह गर्दै मिस नेपाल खतिवडाको प्रोजेक्ट हेर्न हेलम्बुबाट मकवानपुरतर्फ उडेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।