

खोटाङ, २३ माघ : जिल्लाको दक्षिणी क्षेत्र जोडने सडक खण्डको साप्सुखोलास्थित बाटोफेदीमा पक्की पुल निर्माण गर्न जग खन्नेक्रममा निस्किएको पानी मोटरमार्फत फाल्ने तयारी गर्दै कामदार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु पाँच करोड ६० लाख लगानीमा सुर्य एण्ड सन कन्ट्रक्शन प्रा.लि.सुनसरीले उक्त पुल निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्नेगरि जिम्मा लिएको हो । तस्वीर : केदार मगर/रासस