इन्टरनेटको सेवा प्रभाकारी नहुँदा मासिक ५० लाख हेलम्बुबाट एनसेलको डाटामा बाहिरिन्छ : अध्यक्ष शेर्पा

इन्टरनेटको सेवा प्रभाकारी नहुँदा मासिक ५० लाख हेलम्बुबाट एनसेलको डाटामा बाहिरिन्छ : अध्यक्ष शेर्पा

काठमाडौं। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सूचना प्रविधि आधुनिक समाजको अभिन्न अंग भएको बताएका छन् ।समाज बदल्ने महत्वपूर्ण अस्त्रको रुपमा रहेको सूचना प्रविधिको पहुच अभिवृद्धि गर्न हेलम्बु गाउँपालिका लागि परेको शेर्पाले बताए । मोवाइल फोनको पहुच गाउँपालिकामा पुगे पनि इन्टरनेट सेवा भने सन्तोषजनक नरहेको अध्यक्ष शेर्पाले बताए ।

इन्टरनेटको फाइवर विस्तार हुन नसक्दा गाउँपालिकाका अघिकांश बासिन्दा एनसेलको महंगो डाटा चलाउन बाध्य भएको शेर्पाले बताए । इन्टरनेट सेवा सर्वसुलभ नहुदा हेलम्बु गाउँपालिकाबाट मासिक ४२ लाखभन्दा बढी पैसा मोवाइल डाटामा बाहिरिने बताए । यसलाई रोक्न गाउँपालिले इन्टरनेट सेवा सर्वसुलभ रुपमा सर्वसाधारणको पहुँचमा पुर्‍याउने कार्यमा अग्रसरता लिएको बताए । सूचना प्रविधिको विकासले हेलम्बु गाउँपालिकाको बहुआयमिक पक्षको प्रचार प्रशारमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको विश्वास छ । अध्यक्ष शेर्पाले प्रविधिमैत्री समाज निर्माणमा दूरसञ्चार प्रविधिको उपयोगिता विषयक छलफल कार्यक्रममा बोल्दै शेर्पाले सो कुरा बताएका हुन

यसै गरी कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चारको सहि सदुपयोग भए मात्र मुलुकले प्रगतिको पथपक्रने बताएका छन । निर्देशक आचार्यले सूचना प्रविधि मुलुक बदल्ने शक्तिशाली अस्त्र भएकाले आधुनिक समाजमा निर्माणमा यसको महत्व अपरिमित भएको बताए । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्राधिकरणले सूचना प्रविधिको विकास र विस्तारमा महत्वपूर्ण खेल्दै आएको निर्देशक आचार्यले जानकारी दिए ।

ट्रिपल ट्रिपल मिडिया प्रालिले आयोजना गरेको ‘प्रविधिमैत्री समाज निर्माणमा दूरसञ्चार प्रविधिको उपयोतिा’ विषयक छलफल कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सञ्जीव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।