काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा तीनवटा लिखित दस्तावेजहरु आएका छन् । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव पौडेलको प्रतिवदेनमा पार्टी एकीकरणको प्रक्रियाका कुराहरु समेटिएको छ ।